नियम १४
दरखास्त फाराम उपर छानबिन
: (१) नियम १३ बमोजिम आयोगमा प्राप्त दरखास्त फाराम उपर विज्ञापनमा उल्लेख भए बमोजिम रीत पुगे नपुगेको सम्बन्धमा सचिवालयले छानबिन गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा म्यादभित्र प्राप्त नभएको, न्यूनतम योग्यता नपुगेको, विज्ञापनमा उल्लिखित अन्य विवरण नखुलाएको वा नमिलेको, परीक्षा दस्तुर नबुझाएको वा अन्य रीत नपुगेको पाइएमा त्यस्तो दरखास्त फाराम उपर कुनै कारबाही गरिने छैन ।
(३) उपनियम (१) र (२) बमोजिम दरखास्त फाराम उपर छानबिन गर्दा उम्मेदवारको दरखास्त रीतपूर्वकको देखिएमा दर्ता गरी परीक्षामा सहभागी हुनको लागि आयोगले निर्धारण गरेको ढाँचामा प्रवेशपत्र उपलब्ध गराईनेछ ।
(४) उपनियम (३) बमोजिम आयोगले प्रदान गरेको प्रवेशपत्र हराएमा वा नासिएमा सम्बन्धित व्यक्तिको निवेदन मागका आधारमा आयोगले निर्धारण गरेको दस्तूर लिई प्रवेशपत्रको प्रतिलिपी उपलब्ध गराईनेछ ।
(५) कुनै पनि उम्मेदवारको दरखास्त फाराम शर्त राखी स्वीकृत गरिने छैन ।
(६) कुनै उम्मेदवारको दरखास्त फाराम रीत पूर्वकको नदेखिएमा त्यस्तो दरखास्त फाराम जुनसुकै अवस्थामा पनि रद्द गर्न सकिनेछ ।